Political Hightlights

एमाले नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरुको छुट्टै बैठक जारी

हिमालय टिभी
२०७८ जेठ २१ गते १३:१२
एमाले नेपाल–खनाल समूहको  केन्द्रीय सदस्यहरुको छुट्टै बैठक जारी

२१ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक आज पनि बसिरहेको छ ।

बिहान ११ बजेबाट शुरू बैठकमा हिजो बोल्न बाँकी सदस्यहरूले राय दिइरहनुभएको छ । सबै सदस्यहरुले बोलिसकेपछि वरिष्ठ नेता नेपालले बैठकको निष्कर्ष सुनाउने तयारी गर्नुभएको छ ।

बैठकमा नेता नेपालले आफ्नो समूहको बटमलाइन सुनाउने तयारी गर्नुभएको हो । माधव नेपालको पक्षमा रहेका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य दिगो हुन नसक्ने आशंका गरेका छन् ।

भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतका नेताहरुले एकता प्रक्रिया लगभग सकिएको राय राख्नुभएको छ ।

केही नेताहरुले भने अध्यक्ष केपी शर्मा ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने बताएका छन् । पार्टीलाई एकता पूर्वको अवस्थाबाट अघि बढाउन सकिनेबारे तत्कालिन एमाले सचिव गोकर्ण विष्टले आज राय राख्दै हुनुहुन्छ ।

बैठकमा नेताहरु योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे लगायतले एकता कायम राख्न अझै केही दिन प्रयास गरिनुपर्ने बताउनुभएको छ । बैठकमा एमालेका ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्