Main News

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाइ गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

हिमालय टिभी
२०७८ जेठ २१ गते १३:०१
नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाइ गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

२१ जेठ २०७८ काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनुभएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ अस्वस्थ रहेका कारण उहाँको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई ल्याइएको छ। यसअघि संसद विघटनको मुद्दामा ‘चुज एण्ड पिक’को आधारमा इजलास गठन गर्दा विवाद भएको थियो। प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गर्नुभएको हो ।

आज संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ हुँदै छ। अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीलगायतले रिट दायर गर्नुभएको छ ।

यसअघि प्रधानन्यायाधीश राणाले संसद् विघटनको मुद्दा सुनुवाइका लागि न्यायाधीशहरु दीपककुमार कार्की, डा।आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राख्नुभएको थियो ।

केसी र श्रेष्ठको विषयमा इजलासमा विवाद भएको थियो। संसद विघटनको मुद्दामा आइतबारदेखि सुनुवाइ हुनेछ। संसद् विघटनको मुद्दाका लागि यही इजलाशलाई नै कायम राख्ने वा अर्को गठन गर्ने भन्ने निश्चित भइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *