विदेश
प्यालेस्टाइनका दुई लाख जनतालाई स्वास्थ्य सहायता आवश्यकः डब्ल्युएचओ
२०७८ जेठ २० गते ८:१८

२० जेठ २०७८ प्यालेस्टाइन । विश्व स्वास्थ्य संगठनले प्यालेष्टाइनका दुई लाख जनतालाई स्वास्थ्य सहायता आवश्यक रहेको बताएको छ ।
इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको संघर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले उल्लेख गरेको हो ।
द्बन्द्बका कारण धेरै विस्थापित भएकाले मानवीय संकटको जोखिम बढेको डब्ल्यूएचओको चेतावनी छ । द्बन्द्बबाट ७७ हजार जनाभन्दा धेरै विस्थापित भएका र ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको डब्ल्यूएचओको तथ्यांक छ ।
यस्तै, युद्धग्रस्त क्षेत्र गाजा क्षेत्रमा संयुक्त राष्ट्रसंघ सय ५४ अनि इजरायलतर्फ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया