Main News

काठमाडौं उपत्यकामा लम्बियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाइन्नँ ?

हिमालय टिभी
२०७८ जेठ १९ गते १९:१२
काठमाडौं उपत्यकामा लम्बियो निषेधाज्ञा, के गर्न पाइन्छ के पाइन्नँ ?

१९ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्ब्याइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो ।

जेठ १४ गतेदेखि खाद्यान्न पसल समेत बन्द गरिएकोमा जेठ २१ गतेदेखि भने अत्यावश्यक खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गरिएको छ ।

त्यस्तै अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न दिइने छ । सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप पनि विहान ९ बजेसम्म खुल्नेछन् ।

थपिएको निशेधाज्ञामा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्किन भनिएको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइनेछैन ।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु पनि बन्द नै रहने निर्णय भएको पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारीपराजुलीले जानकारी दिनुभयो ।

सार्वजनिक सवारी साधन पनि जेठ ३१ गते सम्म सञ्चालन गर्न पाइनेछैन । अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधन, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धीत सवारी साधन चलाउन दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *