जसपामा समस्या आउनुमा सम्पूर्ण रुपमा अध्यक्ष यादव जिम्मेवारः नेता कर्ण (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पार्टीभित्र उत्पन्न पछिल्लो समस्याका लागि सम्पूर्ण रुपले अध्यक्ष उपेन्द्र यादव जिम्मेवार भएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष यादवका कारण पार्टीमा विभाजन र कारवाहीको अवस्था आएको कर्णको दावी छ ।
अध्यक्ष यादवले कारवाही गरेको दोस्रो दिन हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता कर्णले अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।
ओली सरकारले माग पुरा गर्दा पनि असहयोग गर्नु मधेशी र थारु जनतामाथि धोका हुने उहाँको तर्क छ । माग पुरा हुने भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेको र त्यो कर्तव्य पनि भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारबाट निकालेकाले यादवले प्रतिशोध साँध्न खोजेको कर्णले आरोप लगाउनुभयो । उपेन्द्र यादवलाई सरकार र बाबुराम भट्टराईलाई प्रधानमन्त्री चाहिएकाले समस्या सिर्जना भएको समेत उहाँको दावी छ ।
महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कसैले पनि नगरेको उहाँले बताउनुभयो । ठुलो दलसमेत सरकार चलाउन असफल भएको देखेर आफूहरुले दावी नगरेको पनि कर्णले बताउनुभयो ।
मधेसका माग पूरा गर्ने काममा तल्लीन हुँदा अध्यक्ष यादवले आफुहरुलाई अपराधी जस्तो व्यहवार गरेको समेत उहाँको आरोप छ । अवैधानिक बैठकवाट स्पष्टिकरण र कारवाही हुन थालेपछि बाध्य भएर आफुहरुले पनि यादवलाई कारवाही गरेको कर्णले दावी गर्नुभयो ।
सत्ता समीकरणलाई लिएर चरम विवादमा पछि जनता समाजवादी पार्टी विभाजन उन्मुख छ । दुई पक्षले एक अर्कोलाई पार्टीबाट निष्कासन गरेका छन् ।
यो मान्छे अलिक बुद्धिजिवी होलाभन्ठानेको थिए। अरे स्वाठ आखामा पट्टि बाधेपछी देख्ने भनेको कालो नै हो। kp लाई समर्थन गर्नेभए पार्टीवाट किन निर्णय गराइएन? तिम्लाई वार्ता समितिमा कस्ले छान्यो? पार्टीमा रहेपछि केन्दृय कार्यकारी समितिवाट निर्णय गराएर मात्रै कुनै काम गर्ने क उसै लहडमा काम गर्ने? सन्कि