Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो, किराना पसल बिहान ९ बजेसम्म खुल्ने

हिमालय टिभी
२०७८ जेठ १९ गते १४:००
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो, किराना पसल बिहान ९ बजेसम्म खुल्ने

१९ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ ३१ गतेसम्मम निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँले निर्माण सामग्री बोक्ने सवारी साधन रातिको समयमा चल्न पाउने बताउनुभयो । निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर विकास निर्माणका काम अघि बढाउन खुल्ला गरिएको भट्टराईले बताउनुभयो ।

निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि खाद्यान्न पसल पनि खोल्न नदिएको भन्दै आलोचना भएको थियो । गत बैशाख १६ देखि काठमाडौै उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *