नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग ग्राममा आगलागी
२०७८ जेठ १९ गते १३:४६

१९ जेठ २०७८ नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।
उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बिहान सवा ८ बजेदेखि आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको जानकारी दिनुभयो ।
अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीबाट भएको क्षति र कारण भने खुल्न सकेको छैन । आगलागिबाट कुनै मानवीय क्षति नभएको उद्योगले जनाएको छ ।
प्रतिक्रिया