काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर लम्ब्याउने तयारी

Himalaya Television
२०७८ जेठ १८ गते १८:४१

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर लम्ब्याउने तयारी

१८ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर कम्तिमा एक हप्ता लम्ब्याउने तयारी गरिएको छ ।

काठमाडौंमा आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनेबारे छलफल भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा एक हप्ता वा यो महिनाभर लम्ब्याउने बारे छलफल भए पनि निर्णयमा पुगिनसकिएको बताउनुभयो ।

उहाँले भोलि बैठक बसेर यसको निर्णय गर्ने बताउनुभयो । केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी पनि भएको पराजुलीले बताउनुभयो ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने प्रशासनको तयारी छ ।

यसअघि खाद्यान्न पसल पनि खोल्न नदिएको भन्दै आलोचना भएको थियो । निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ ।

कोरोना संक्रमणदर उच्च भएपछि गत वैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs