Main News

आज २१औं अन्तर्राष्ट्रिय दूध दिवस मनाइँदै

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:४३
आज २१औं अन्तर्राष्ट्रिय दूध दिवस मनाइँदै

१८ जेठ २०७८ काठमाडौं । २१ औं अन्तर्राष्ट्रिय दूध दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरसविरुद्धको दीर्घ जीवन भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

दुग्ध क्षेत्रले सम्पूर्ण आर्थिक विकास, पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पुर्याएको महत्वपूर्ण योगदानको मनन गर्दै सन २००१ को जुन १ देखि विश्व दूध दिवस मनाउन शुरु गरिएको हो ।

दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले भर्चुअल कार्यक्रमको आयोजना गरेको छ । स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ ।

गत वर्ष मुलुकभर १९ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । नेपालमा उत्पादन हुने दूधको १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट दुग्ध सहकारी र उद्योगमार्फत कारोबार हुँदै आएको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा उपभोक्तासम्म जाने गरको छ ।

५० प्रतिशत दूध कृषक आफैंले उपभोग गर्ने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *