Political Hightlights

एमाले युवा सङ्घको अध्यक्षमा पौडेल

हिमालय टिभी
२०७८ जेठ १७ गते १८:३१
एमाले युवा सङ्घको अध्यक्षमा पौडेल

१७ जेठ २०७८ काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ ।

सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ ।

महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताउनुभयो । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताउनुभयो । उहाँ परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्