विदेश

भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट ६० बढीको मृत्यु

हिमालय टिभी
२०७८ जेठ १७ गते ८:३७
भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट ६० बढीको मृत्यु

१६ जेठ २०७८ काठमाडौं । भारतको उत्तर प्रदेशमा विषालु रक्सी सेवनबाट मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

सरकारी तथ्यांक अनुसार त्यहाँ २५ जनाको मृत्यु भैसकेको जनाइएको छ । तर स्थानीयले ६० जना भन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यस्तै जिल्ला अस्पतालमा ५१ जनाको पोष्टमार्टम भैसकेको बताइएको छ ।

विषालु रक्सी सेवनको आशंकामा ६२ जनाको पोष्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको जनाइएको छ । उता सरकारी अधिकारीले भने २५ जनाको मात्र मृत्यु भएको बताएका छन् ।

अर्कोतर्फ स्थानीयले ६० जना भन्दा बढीले ज्यान गुमाएको बताए । कैयनको गम्भिर अवस्थामा उपचार भइरहेको भारतीय सञ्जारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार अलीगढको लोधा क्षेत्रमा विषाक्त रक्सी सेवनपछि केही व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि अन्य स्थानमा पनि मानिसको मृत्यु भएको खबर सार्वजनिक भएका थिए ।

शुक्रबार अबेर रातसम्म २७ जनाको मृत्यु भएको जनाइएको थियो । कोरोना संक्रमण रोक्नका लागि लागू निषेधाज्ञामा लुकिछिपी रक्सी बेचिएको बताइएको छ । स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ ।

मदिराको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एक प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *