Main News

महिला तथा किशोरीमाथि हुने जुनसुकै हिंसा क्षम्य हुँदैन : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १६:४३
महिला तथा किशोरीमाथि हुने जुनसुकै हिंसा क्षम्य हुँदैन : प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला तथा किशोरीमाथि हुने जुनसुकै हिंसा रोक्न सरकारले कानूनी व्यवस्था कडाइका साथ लागू गरेको दावी गर्नुभएको छ ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिलाविरुद्धको हिंसा क्षम्य नहुने भएकाले सरकारले कानुन बनाएर र कार्यान्वयन गरिरहेको दावी गर्नुभयो ।

सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न र महिलाको आर्थिक सशक्तिकरण सहित लैङ्गिक समतायुक्त समाज निर्माणमा सबै एक भएर जुट्न आह्वान गर्नुभयो ।

महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको हो ।२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिला अधिकार सम्बन्धी महत्त्वपूर्ण ४ वटा विशेष प्रस्ताव पारित गरेको थियो ।

नेपाली महिलाको अधिकारलाई कानुनी संरचनामा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य बढेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *