Main News
थाइ राजपरिवारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
२०७८ जेठ १६ गते १५:१३
१६ जेठ २०७८ काठमाडौं । थाइल्याण्डको राजपरिवारले कोरोना महामारीसँग जुध्नका लागि भन्दै स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
थाइल्याण्डका राजा, रानी र राजकुमारीले व्यक्तिगत रुपमा सहयोग स्वरुप स्वास्थ्य सामग्री पठाएका हुन् । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि थाइ राजदूतले यो स्वास्थ्य सामग्री आज हस्तान्तरण गर्नुभयो ।
थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन, पिपिई लेग कभर, पिपिई सर्जिक क्याप, फेस शिल्ड, रेपिड एन्टिजन टेष्ट किन, फिङ्गर टिप्स पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री पठाएको हो ।
दुई दिनअघि मात्र थाइल्याण्डबाटै ४६ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग आएको थियो ।
प्रतिक्रिया