Political Hightlights

जसपामा दुवै पक्षबाट फुटको अन्तिम अस्त्र प्रयोग, राजपा ब्युँताउने तयारीमा ठाकुर समूह

हिमालय टिभी
२०७८ जेठ १६ गते १३:२४
जसपामा दुवै पक्षबाट फुटको अन्तिम अस्त्र प्रयोग, राजपा ब्युँताउने तयारीमा ठाकुर समूह

१६ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको म्याद आजै सकिँदैछ ।

यसअघि दुबै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले तीन दिनभित्र स्पष्टिकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाउनु भएको थियो । दुबै पक्षले जवाफ नदिएपछि हिजो फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

जसपा अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरलाई स्पष्टिकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि २४ घण्टे स्पष्टिकरण सोध्नु भएको हो ।

दुबै पक्षले पत्रको जवाफ चित्त बुझ्दो नभएमा पार्टीबाट निष्काशन समेतको कारवाही हुने चेतावनी दिएका छन् ।

यादव पक्षले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधेको छ भने ठाकुर पक्षले अध्यक्ष यादवलाई मात्र ।

स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएमा पार्टीको आधिकारिकताका लागि दाबी शुरु हुने र निर्वाचन आयोगमा एकअर्काले आधिकारिकताका लागि दाबी प्रस्तुत गर्ने तयारी छ ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार कार्यसमितिमा जसको बहुमत हुन्छ, त्यसले आधिकारिकता पाउनेछ । कार्य समिति र कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत छ भने विघटित संसदीय दलमा ठाकुर पक्षको बहुमत छ । तर, संसदीय दलबाट मात्रै पार्टी विभाजन गर्न सकिने छैन ।

केन्द्रीय समितिबाट ४० प्रतिशत पुर्याउनेले मात्रै आयोगमा दाबी गर्न सक्छन् । अध्यक्ष ठाकुर अर्का अध्यक्ष यादवले सोधेको स्पष्टिकरणको जवाफ नदिने बरु राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने कसरतमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्