Political Hightlights

जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने चेतावनीसहित स्पष्टिकरण

हिमालय टिभी
२०७८ जेठ १५ गते १९:४२
जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने चेतावनीसहित स्पष्टिकरण

१५ जेठ २०७८ काठमाडौं । जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्कोलाई पार्टीबाट निस्कासन गर्ने गरी २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुरले यादवलाई पनि स्पष्टीकरण सोध्नु भएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टाभित्रै स्पष्टीकरण दिन भन्नुभएको छ ।

उहाँले चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निस्कासन गर्ने चेतावनी दिनुभएको छ । यसअघि जसपाको बहुमत पक्षको तर्फबाट अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काट्नु भएको थियो ।

दुवै पक्षले स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासन गर्ने बताएका छन् । सरकारका विषयमा जनता समाजवादी पार्टीमा चर्को मतभेद भएको छ । ठाकुर पक्ष अहिलेकै सरकारमा सहभागी हुने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्