Main News

अध्यादेशमार्फत सरकारले ल्यायो साढे १६ खर्बको पूर्ण बजेट, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन प्राथमिकतामा (पूर्णपाठसहित)

हिमालय टिभी
२०७८ जेठ १५ गते १९:०४
अध्यादेशमार्फत सरकारले ल्यायो साढे १६ खर्बको पूर्ण बजेट, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन प्राथमिकतामा (पूर्णपाठसहित)

१५ जेठ २०७८ काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । झण्डै साढे १६ खर्वको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको छ ।

कामचलाउ सरकारले अध्यादेशमार्फत ल्याएको ठुलो आकारको पूर्ण बजेटमा सबै वर्ग र क्षेत्रलाई खुसी बनाउने प्रयास गरिएको छ । सिंहदरबारबाट अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरण सार्वजनिक गर्नुभयो । त्यसमध्ये चालु खर्ततर्फ करिब ७ अर्ब र पूजिँगततर्फ साढे तीन खर्ब छुट्टाइएको छ ।

बजेटमध्ये करिब सवा १० खर्ब राजश्व र बाँकी ऋण तथा अनुदानबाट जुटाउने सरकारको योजना छ ।

सरकारले बजेटमा साढे ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेको छ । बजेटमा शिक्षा र स्वास्थ्य मन्त्रालयको रकम बढाइएको छ । सरकारी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाइएको छ । ठुला आयोजना निर्माण भन्दा पनि चुनावलाई लक्षित गरी वितरणमुखी बजेट ल्याइएको छ ।

निजी क्षेत्रदेखि संचारकर्मीलाई समेत विभिन्न सहुलियत घोषणा गरेर खुसी पार्न खोजिएको छ । सांसदको तजविजीमा खर्च हुँदै आएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरिएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाएकाका छोराछोरीलाई छात्रबृत्ति दिने घोषणा गरिएको छ ।

चर्को आलोचनामा परिरहेको गरिबी निवारण कोष पनि सरकारले खारेज गरेको छ । नयाँ व्यवसाय शुरु गर्नेलाई बजेटले केही सहुलियतको घोषणा गरेको छ । त्यस्तालाई १ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म सुरुवाती पुँजी दिने सरकारको योजना छ ।बाँझो जमिन निजी क्षेत्रलाई लिजमा दिने ।

प्राध्यापक, शिक्षकलाई पनि पेन्सनको व्यवस्था गर्ने, विक्रम संवत २०८८ सालसम्म डिजेलरपेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने जस्ता कार्यक्रम पनि सरकारले ल्याएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरिएको छ । बजेटमा अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

बजेटको पूर्ण पाठ अध्ययन गर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *