Main News

सरकारी कर्मचारीको तलब बढ्यो

हिमालय टिभी
२०७८ जेठ १५ गते १८:२९
सरकारी कर्मचारीको तलब बढ्यो

१५ जेठ २०७८ काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ ।

सरकारले प्रतिशतमा नभई समग्रमा सबै कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाउने घोषणा बजेटमार्फत गरेको छ ।

सरकारको यो घोषणाले कम तलब खाने तल्लो तहका कर्मचारीलाई केही फाइदा पुगेको छ ।यस्तै कर्मचारीले अहिले पाउँदै आएको महंगी भत्तालाई कायमै राखिएको छ ।

कर्मचारीको १० लाख रुपैयाँ सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमा सरकारले गर्ने छ । यस्तै सरकारले पर्यटन प्रवर्द्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको अतिरिक्त पारिश्रमिक दिएर पर्यटन विदाको व्यवस्था मिलाएको छ ।

भ्रमण विदाका लागि गैरसरकारी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । सरकारले नेपालमा लगानी अध्ययनका लागि आउने पर्यटकलाई एक महिना अवधिको भिसा निःशुल्क दिने पनि बताएको छ ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *