Main News

संक्रमितको संख्या घट्यो, थप ११६ जनाको मृत्यु, ४ हजार ४ सय ८७ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १५ गते १७:३३
संक्रमितको संख्या घट्यो, थप ११६ जनाको मृत्यु, ४ हजार ४ सय ८७ संक्रमित थपिए

१५ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ । कम परीक्षण भएपछि संक्रमितको संख्या पनि उच्च दरले घटेको हो ।

पछिल्लो पटक ४ हजार ४ सय ८७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितको यो संख्या एकमहिना यताकै कम हो । वैसाख १३ गते यता दैनिक संक्रमितको संख्या यो भन्दा बढी थियो ।

१४ हजार ६ पीसीआर परीक्षणबाट ४ हजार तीन सय ११ र सात सय ४६ इन्टीजेन परीक्षणमा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ। काठमाडौं उपत्यकामा पनि संक्रमण ओरालो लागेको छ ।

काठमाडौमा ८ सय ६७, ललितपुरमा एक सय ९९ र भक्तपुरमा एक सय ५ जना मात्रै नयाँ संक्रमित भेटिएका छन । उपत्यका बाहिर सबैभन्दा धेरै कास्कीमा तीन सय १०, मकवानपुरमा दुई सय ८७, झापामा दुई सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धादिङमा एक सय ३५, रुपन्देहीमा एक सय २२, धनुषामा एक सय १९, कैलालीमा एक सय १३, पाल्पामा एक सय १२ र सुनसरीमा एक सय ९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो पटक सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका ९ सय ८१ जना संक्रमित भएका छन्ण । संक्रमणबाट थप ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टा र विभिन्न मितिमा नेपाली सेनाले गरेको शव व्यवस्थापनका आधारमा मृतकको संख्या निकालिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार एक ६३ पुगेको छ ।

पछिल्लो पटक ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । यस आधारमा देशमा १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा सबैभन्दा बढी १५ हजार ९ सय ३० जना सक्रिय संक्रमित छन् । एक हजार ६ सय १४ जनाको आईसीयू र ४ सय ५७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *