विदेश

सामुद्रिक आँधीका कारण भारतमा एक करोड बढी विस्थापित

हिमालय टिभी
२०७८ जेठ १३ गते ८:२०
सामुद्रिक आँधीका कारण भारतमा एक करोड बढी विस्थापित

१३ जेठ २०७८ नयाँ दिल्ली । बंगालको खाडीमा बनेको शक्तिशाली सामुद्रिक आँधीले भारतको बंगालमा अहिलेसम्म एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् ।

चक्रवातका कारण एक करोड बढी प्रभावित हुनुका साथै तीन लाखभन्दा बढी घर ध्वस्त भएको भारतीय सञ्चारमाध्यमको भनाइ छ । त्यहाँ एक जनाको छ ।

बंगालका मेदिनीपुर जिल्लाका दीघा, शंकरपुर, मन्दारमनी दक्षिण २४ परगना जिल्लापछि बकखाली, सन्देशखाली, सागर, फ्रेजरगन्ज, सुन्दरवन लगायतमा ३ लाखभन्दा बढी परिवारका घर भत्किएका छन् ।

हिजो दिउँसो भारतको पूर्वी तटमा प्रवेश गरेपछि बंगालको जलपाइगुडीमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का समेत महसुस भएको थियो । बंगालपछि चक्रवात उडिसा प्रवेश गरेर भीषण वर्षा र हावाहुरी चलेको थियो । उडिसामा यसअघि नै एक लाखलाई सुरक्षित स्थानमा सारिएको थियो ।

उडिसापछि अहिले यसको असरले झारखण्ड र बिहारमा वर्षा भइरहेको छ । बंगाल, उडिसापछि बिहार, झारखण्ड, तमिलनाडु र कर्नाटकमा पनि चक्रवातको असर परेको छ ।

भारतमा दुई हप्ताको बीचमा गएको यो दोस्रो ठूलो आँधी हो । गत साता भारतमा ताउ ते आँधीका कारण कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *