Political Hightlights

सुदूरपश्चिममा ओली समूहलाई झट्का, सरकारको समर्थन फिर्ता नहुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते २०:३८
सुदूरपश्चिममा ओली समूहलाई झट्का, सरकारको समर्थन फिर्ता नहुने (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्णय अश्विकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै पार्टीका मन्त्रीलाई पनि फिर्ता बोलाएको थियो ।

एमालेको नेपाल खनाल समूहको वर्चस्व रहेको प्रदेश संसदीय दलले स्थायी कमिटीलाई नै चुनौति दिँदै निर्णय कार्यान्वयन गर्न अश्विकार गरेको छ । संसदीय दलले यही सरकारलाई नै निरन्तरता दिने निर्णय गरेपछि माओवादी नेतृत्वको सरकारलाई राहत पुगेको छ ।

बैठकमा ओली समूहका सांसदले सरकारको समर्थन फिर्ता गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताएका थिए । तर नेपाल खनाल पक्षका सांसद भने पार्टी केन्द्रबाट अधिकारिक पत्रसमेत नआएको भन्दै अहिलेकै सरकारका पक्षमा उभिए ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । ति मध्ये १८ जना नेपाल खनाल र ७ जना ओली समूहमा रहेको बताइएको छ । प्रदेशमा यसअघि ओली समुह तर्फ ६ जना सांसद मात्र थिए । पछिल्लो पटक बाजुराका सांसद बलदेव रेग्मी पनि ओली समूहमा लाग्नुभएको बताइएको छ ।

संसदीय दलको बैठकमा ओली समूहका ४ सहित २० जना सांसद सहभागी भएका थिए । बैठकमा बाझाबाझ भए पनि निर्णय भने सर्वसम्मतिका आधारमा भएको दाबी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना छन् । प्रदेश सरकारमा एमालेका तीनजना मन्त्री छन् । यहाँ सरकार बनाउनका लागी २७ जना सांसद आवश्यक पर्छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल खनाल समूहको निर्णयसँगै उहाँको पद तत्कालका लागि सुरक्षित देखिएको छ । तर जसरी पनि सरकार ढाल्ने योजनामा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने यो निर्णयले झट्का लागेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्