Main News

ओलीको कदमविरुद्ध उत्रन नागरिक र बौद्धिक समूहलाई कांग्रेसको आह्वान

हिमालय टिभी
२०७८ जेठ १२ गते १३:३७
ओलीको कदमविरुद्ध उत्रन नागरिक र बौद्धिक समूहलाई कांग्रेसको आह्वान

१२ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध विरोधमा उत्रिन नागरिक समाज, बौद्धिक समूहलगायतलाई आह्वान गरेको छ।

बिहान कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सरकारको कदमविरुद्ध उत्रिन सबैलाई आह्वान गरेको हो ।

बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध अदालतमा रिट दायर गरिसकेको अवस्थामा अन्य राजनीतिक गतिविधि कसरी गर्ने भन्नेबारे छलफल भएको बताइएको छ । सरकार कोरोना संक्रमणको आडमा राजनीतिक स्वार्थ पूरा गर्न लागेको कांग्रेसको आरोप छ ।

बैठकमा कोरोना महामारीसँगै राजनीतिक अवस्था पनि खराब भएकाले समाधानका लागि जनस्तरबाट दबाव दिनुपर्ने बेला भएको भन्दै सडक संघर्षको विकल्पमा अन्य दबावमूलक कार्यक्रम गर्नेबारे छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीलाई महामारी नियन्त्रणका लागि बुझाएको १५ बुँदे ज्ञापनपत्र बारे सरकार गम्भीर नबनेको निश्कर्षसमेत निकालिएको छ ।

कांग्रेसले निषेधाज्ञा मजदुर, सर्वसाधारणलगायतलाई समस्या नपर्ने गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *