Main News

जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको नेता पौडेलको टिप्पणी

हिमालय टिभी
२०७८ जेठ ११ गते १८:५५
जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको नेता पौडेलको टिप्पणी

११ जेठ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सदन नभएको बेला जेठ १५ गते बजेट ल्याउने कुरा असान्दर्भिक भएको टिप्पणी गर्नुभएको छ ।

सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वसभामुख समेत रहेका नेता पौडेलले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन जरुरी नभएको बताउनुभयो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनमा बजेट पेश गर्नुपर्ने हुन्छ । संविधानको धारा १ सय १९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने प्रावधान छ ।

तर, अहिले प्रतिनिधिभा विघटित अवस्थामा रहेको भन्दै नेता पौडेलले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था असान्दर्भिक भएको बताउनुभयो । पौडेलले छिटो संसद पूनस्थापना गरेर न्याय दिन पनि सर्वोच्च अदालतलाई आग्रह गर्नुभयो ।

मुलुक अहिले व्यवस्थाको रक्षा र कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने ठूला दुई आपतमा रहेको भन्दै उनले यी दुवै आपतबाट मुलुकलाई निकास दिने जिम्मेवारी न्यायलयमा पुगेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *