Main News

नेपालको गणतन्त्र दिवसलाई अमेरिकाको न्युयोर्क राज्यमा ‘नेपाल डे’ रुपमा मान्यता

हिमालय टिभी
२०७८ जेठ ११ गते १३:५६
नेपालको गणतन्त्र दिवसलाई अमेरिकाको न्युयोर्क राज्यमा ‘नेपाल डे’ रुपमा मान्यता

११ जेठ २०७८ न्युयोर्क । अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ ।

अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिखलाई नेपाल डे को रुपमा मनाउने निर्णय गरेको हो ।

यो घोषणासँगै अमेरिकामा पनि नेपाली भाषा, संस्कृति एवं पहिचानले सरकारी मान्यता पाएको छ । यसले नेपालीको पहिचान अब सरकारी तवरबाटै संरक्षित भएको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीको बसोबास छ । अमेरिकी राज्यसभाको यो घोषणासंगै न्यूयोर्कमा रहेका नेपालीले मे २९ लाई विशेष दिनको रुपमा मनाउने तयारी गरेका छन् ।

नेपाल डे घोषणाका लागि विशेष भूमिका खेलेको नेपाल आदिवासी जनजाति महासंघ अमेरका (फिप्नां) को संयोजकत्वमा नेपाल डे २०२१ मूल आयोजक समिति निर्माण भएको छ । यो समितिमा न्यूयोर्कमा रहेका सबैजसो संघसंस्था सदस्य छन् ।

आयोजक समितिले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी ९४ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ । न्यूयोर्कको क्वीन्समा आयोजना गर्न लागिएको विशेष समारोहलाई सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

समितिले न्यूयोर्कमा रहेका सम्पूर्ण नेपालीलाई उक्त दिन कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ ।

‘हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ मनाउन लागिएको कार्यक्रममा नेपाली महावाणिज्य दुतावास संरक्षक रहेको समितिका संयोजक लोक चेम्जोङले जानकारी दिनुभयो ।

न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने सन २०१६ देखि गर्न थालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *