Main News

अबको चार हप्तामा कोरोना संक्रमण दर घट्ने सरकारको आँकलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १६:५९
अबको चार हप्तामा कोरोना संक्रमण दर घट्ने सरकारको आँकलन (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर क्रमश घट्ने संकेत देखिएको बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले अहिलेको दरलाई हेर्दा अबको ४ हप्तामा संक्रमण घट्दै जाने देखिएको जानकारी दिनुभयो ।

अहिले दैनिक औसतमा ८ हजार ३ सय संक्रमित थपिइरहेका छन् । निषेधाज्ञा भए पनि केही स्थानमा आवातजावत भइरहेको र केही कार्यालय खुल्ला रहेका कारण संक्रमणमा उल्लेख्य कमी नआएको बताउनुभयो ।

सरकारले खोप खरिदलाई प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाइरहेको पनि उहाँले बताउनुभयो । मन्त्री त्रिपाठीले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहज होस् भनेर नै सरकारले कोभिड नाइन्टिन संकट व्यवस्थापन अध्यादेश ल्याइएको जानकारी दिनुयभो । उहाँले अब यो अध्यादेश अनुसार काम अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *