Main News

संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश ल्याएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १० गते १६:४८
संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नागरिकतासम्बन्धी अध्यादेश ल्याएको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । संविधानको व्यवस्था अनुसार जन्मका आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता रमेश बडालले अध्यादेश संविधान र सर्वोच्च अदालतको आदेश अनुसार नै भएको बताउनुभयो ।

जन्मका आधारमा बाबुआमाको नागरिकता भएका व्यक्तिले नागरिकता नपाउँदा क्याम्पस भर्ना हुन, विदेश अध्ययन गर्न जान नपाएको महान्यायाधिवक्ता कार्यालयको तर्क छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता ९पहिलो संशोधन अध्यादेश २०७८ जारी गर्नुभएको थियो ।

सरकारले संसद नभएका बेलामा राष्ट्रिय महत्वको विषयमा अध्यादेश ल्याएको भन्दै यसको विरोध भैरहेको छ । तर महान्यायाधिवक्ता बडालले अध्यादेश बाहिर विरोध गरिएजस्तो गलत नभएको र हानी नहुने बताउनुभयो ।

अध्यादेशले ०६३ देखि ०७२ सालको संविधान जारी हुँदाका बखतसम्म जन्म सिद्धको नागरिकता लिएकाहरुको सन्तानको समस्या सम्बोधन गर्न खोजेको बडालले बताउनुभयो

गृह सचिव महेश्वर न्यौपानेले यो व्यवस्थाले कुनै पनि गैर नेपालीलाई नागरिकता सुनिश्चित नगर्ने दावी गर्नुभयो ।

अहिले नागरिकता अध्यादेश नल्याएको भए सरकारमाथि जुनसुकै बेला अदालतको अवहेलना मुद्दा लाग्ने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *