कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु, ७ हजार ४ सय २५ संक्रमित थपिए

१० जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ६ हजार ५ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
पछिल्लो पटक थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ८४६ जनाको पीसीआर विधिबाट र गरिएको नमुना परीक्षणमा ७ हजार २२० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६ सय ७ जनाको एन्टिजेन परीक्षण गरिएको परीक्षणबाट २०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या पाँच लाख २० हजार चार सय ६१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रिमतको संख्या १ लाख १५ हजार ४ सय ४७ जना रहेका छन् । आज काठमाडौं उपत्यकामा दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ८ सय ६ रहेका छन्। यस्तै, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर हाल २ हजार १ सय ६४ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ९७ आइसीयू र ४६७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन् ।
प्रतिक्रिया