विदेश

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ हजार ४ सय ५५ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ १० गते ७:४३
भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ हजार ४ सय ५५ जनाको मृत्यु

१० जेठ २०७८ नयाँ दिल्ली । भारतमा पछिल्लो पटक कोरोना संक्रमणबाट ४ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।

कोरोना महामारी शुरू भएयता एकैदिन सबैभन्दा बढी मृत्यु हुनेको संख्या दोस्रो पटक धेरै हो । यसअघि यही मे १८ तारिखमा हालसम्मकै धेरै ४ हजार ५ सय २५ जनाले ज्यान गुमाएका थिए ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार नाघेको छ । त्यस्तै पछिल्लो समय त्यहाँ २ लाख २२ हजार भन्दा बढी संक्रमित थपिए ।

भारतमा संक्रमित हुनेको संख्यामा घटेपनि मृत्युदर भने अझै घट्न सकिरहेको छैन । कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार नाघ्दा सक्रिय संक्रमित २७ लाख बढी छन् ।

सोही अवधिमा विश्वमा ४ लाख ६८ हजार भन्दी बढीमा संक्रमण हुँदा करिब ९ हजार पाँच सय जनाले ज्यान गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *