राजनीति

आफूविरुद्ध लागेकोमा नेपाल समूहप्रति प्रधानमन्त्री ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ८ गते १८:५१
आफूविरुद्ध लागेकोमा नेपाल समूहप्रति प्रधानमन्त्री ओलीको यस्तो आक्रोश (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुविरुद्ध लागेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरमाथि आक्रोस पोख्नुभएको छ ।

नेपाल पक्षलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिको मतियार भएर कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाउनुभयो । बालुवाटारमा आज पुस्तक विमोचन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले आज निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभयो । कांग्रेस सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि असभ्यता र संस्कारहिनताको पराकाष्ठा देखाएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्