संसद विघटनविरुद्ध सबै शक्तिसँग एक भएर संघर्ष गर्ने माओवादी केन्द्रको निर्णय

८ जेठ २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनविरुद्ध सबै शक्तिसँग एकतावद्ध भएर संघर्ष अघि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर असंवैधानिक र निरंकुश कदम चालेको ठहर गर्दै यसका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।
अग्रगमन र राष्ट्रिय स्वाधिनताको पक्षधर शक्तिसँग एकतावद्ध भई राजनीतिक र कानुनी संघर्ष अगाडी बढाउने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
माओवादीले दल सामाजिक शक्ति, नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवी लगायत सबैलाई संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति एकजुट हुन अपिल पनि गरेको छ ।
अहिले कोरोना महामारीको अवस्थामा सडक संघर्षमा भने नउत्रने माओवादीले जनाएको छ । उसले कोरोना महामारीको संकटसँग जुध्न केन्द्रदेखि वडा तहसम्म कोभिड सेवा इकाई गठन गरेर स्वयमसेवक परिचालन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया