Main News

बाँकेमा उपचाररत थप आठ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ८ गते १३:३०
बाँकेमा उपचाररत थप आठ जना कोरोना संक्रमितको मृत्यु

८ जेठ २०७८ बाँके । बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष हुनुहुन्छ ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *