विदेश

कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या देखाइएकोभन्दा २ देखि ३ गुणासम्म बढी : डब्लुएचओ

हिमालय टिभी
२०७८ जेठ ८ गते ९:०८
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या देखाइएकोभन्दा २ देखि ३ गुणासम्म बढी : डब्लुएचओ

८ जेठ २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई वा तीन गुणा बढी रहेको बताएको छ ।

संगठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३४ लाख जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार आफ्नो वार्षिक प्रतिवेदनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६० देखि ८० लाखबीच हुन सक्ने बताएको छ ।

प्रतिवेदनकाअनुसार सन् २०२० मा कोरोना संक्र्रमणबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३० लाख बताइए पनि त्योभन्दा १२ लाख बढीको मृत्यु भएको छ ।

‘प्रत्यक्ष रूपमा होस् या फेरि अप्रत्यक्ष रूपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको तथ्याङ्क वास्तविक मृत्युको तथ्याङ्कभन्दा निकै कम छ’, प्रतिवेदनमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनकी प्रबन्ध निर्देश समीरा अस्माले मृत्यु हुनेको तथ्याङ्क दुई वा तीन गुणा धेरै हुन सक्ने भन्दै यो तथ्याङ्क ६० देखि ८० लाख रहेको बताउनुभयो । उहाँले तथ्याङ्क कम हुनुमा यसका विभिन्न कारण हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *