अध्यादेशमार्फत शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो

हिमालय टिभी
२०७८ जेठ ७ गते १९:०८
अध्यादेशमार्फत शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो

७ जेठ २०७८ काठमाडौं । सरकारले शपथ सम्बन्धी अध्यादेशमार्फत प्रतिज्ञा गर्छु भन्ने शब्द हटाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गर्नुभएको थियो ।

प्रधानमन्त्री ‌ओलीले प्रतिज्ञा गर्छु भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । तर अब आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि शपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *