Political Hightlights

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई १४९ जना सांसदको समर्थन रहेको दाबी

हिमालय टिभी
२०७८ जेठ ७ गते १५:३४
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई १४९  जना सांसदको समर्थन रहेको दाबी

७ जेठ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षरसहित शीर्ष नेताहरु राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

१ सय ४९ जना सांसदको हस्ताक्षरसहित नेताहरु शीतल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भएपनि नेताहरुले यसलाई अझै छलफल गर्दै गएर टुंग्याउने भन्नुभएकाले उहाँहरुले नै टुंग्याउनुहोला नेता थापाले भन्नुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीहरुको बिचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरु जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर १४९ जना सांसदहरुसहितको दाबी गर्ने भन्ने छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई १४९ जना सांसदको समर्थन रहेको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्