संविधानको धारा ७६ को उपधारा ४ ऐच्छिक नभएकाले छल्न नमिल्ने नेता रावलको दाबी

७ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता भीम रावलले नेपालको संविधानको धारा ७६ को उपधारा ४ ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताउनु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि नेपाल पक्षका रावलको प्रतिक्रिया आएको छ । नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय भन्दै उहाँले यसलाई कुर्सीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ ।
नागरिकताबारे संविधान सभामा धेरै बहस भएको भन्दै उहाँले संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हितविरूद्ध हुने उल्लेख गर्नुभएको छ ।
सरकारले जनता समाजवादी पार्टीको मन जित्नका लागि हिजो नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश पारित गरेको थियो ।
प्रतिक्रिया