Main News

सरकार गठनमा तटस्थ बस्ने जसपाको ठाकुर-महतो पक्षको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ७ गते १३:१०
सरकार गठनमा तटस्थ बस्ने जसपाको ठाकुर-महतो पक्षको निर्णय (भिडियो रिपोर्टसहित)

७ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले फेरि पनि सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

दलका नेता राजेन्द्र महतोले सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका माग पूरा गरेका कारण ओलीको विपक्षमा जान नसक्ने निष्कर्ष निकालेको हो ।

यो बैठकमा ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई बोलाइएको थिएन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका एक नेताले आफूहरुलाई बैठकबारे जानकारी नभएको बताए ।

अन्य विपक्षी दलले जसपालाई नै सरकारको नेतृत्व दिने बारेमा समेत छलफल चलाए पनि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निष्कर्ष निकालेको हो ।

महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग नजिकि भए पनि अर्का अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्षले भने ओलीको विकल्पमा सरकार बनाउनु पर्ने बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *