विदेश

चक्रवातका कारण मुम्बईमा जहाज डुब्दा कम्तीमा २२ जनाको मृत्यु, ६९ जना बेपत्ता

हिमालय टिभी
२०७८ जेठ ५ गते १८:५१
चक्रवातका कारण मुम्बईमा जहाज डुब्दा कम्तीमा २२ जनाको मृत्यु, ६९ जना बेपत्ता

५ जेठ २०७८ नयाँ दिल्ली । भारतमा ताउ–ते चक्रवातका कारण मुम्बईको समुद्री किनारमा जहाज डुबेर कम्तीमा २२ जनाको मृत्यु भएको छ । ६९ जना अझै बेपत्ता रहेको भारतीय जल सेनाले जनाएको छ ।

२ सय ६१ सवार पानी जहाजबाट अहिलेसम्म एक सय ८६ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ताउ–ते चक्रवातका भारतको गुजरात, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएका छन् । अरब सागरबाट विकास भई गुजरातमा ल्याण्डफल भएको ताउ–ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

मंगलबार प्रति घन्टा १८५ किलोमिटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको सामुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *