Political Hightlights

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने

हिमालय टिभी
२०७८ जेठ ५ गते १८:३२
मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध चार दल अदालत जाने

५ जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको माग राख्दै विपक्षी ४ दल सर्वोच्च अदालत जाने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले मुख्यमन्त्री पोखरेलको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेकाले बदरको माग राख्दै न्यायिक उपचारको लागि अदालत जाने निर्णया गरेको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । गत वैशाख २६ गते कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध दोश्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले हिजो मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने भन्दै सभामुखलाई पत्र लेख्नु भएको थियो ।
यादवले अब एक वर्षसम्म अविश्वास प्रस्तावमाथि छलफल गर्न संविधान अनुसार नमिल्ने दाबी गर्नु भएको छ ।

प्रतिपक्ष चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै पत्र दिएपछि प्रमुख यादबले संविधान अनुसार नमिल्ने बताउनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्