Main News
मारवाडी सेवा समितिद्वारा निःशुल्क आइसोलेशन सेवा सञ्चालन (भिडियो रिपोर्टसहित)
२०७८ जेठ ५ गते १८:२५
५ जेठ २०७८ काठमाडौं । मारवाडी सेवा समिति नेपालले काठमाडौंको पशुपति गौशाला धर्मशालामा ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ ।
समितिले मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो ।
आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने छ । आवश्यक परे यसलाई बढाएर ३ सय बेड सम्मको बनाउन सकिने समितिले जनाएको छ ।
कोरोना संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, लैजाने सुविधा रहेको पनि मारवाडी सेवा समितिले जनाएको छ ।
समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक काम गर्दै आएको छ ।
प्रतिक्रिया