सिचुवान प्रान्तले दिएको स्वास्थ्य सामग्री काठमाडौं ल्याइयो
५ जेठ २०७८ काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई दिएको स्वास्थ्य सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।
सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री आज नेपाल ल्याएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । यसमध्ये नेपाल एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीमा दुई उडान भर्नेछ ।
मंगलबार त्यहाँ पुगेका हिमालय र नेपाल वायू सेवा निगमका जहाज आज काठमाडौं आएका छन् । आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ ।
चीनको बेइजिङमा रहेको नेपाल वायू सेवाको अर्को जहाज आजै काठमाडौं आइपुग्ने छ । भारतको राजधानी नयाँ दिल्लीबाट समेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया