पहिलो डोज लगाएकालाई मात्र खोप दिन स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियो रिपोर्टसहित)
५ जेठ २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज लगाएकालाई मात्र दोश्रो डोजको खोप दिइरहेको भन्दै पहिला नलगाएकालाई अहिले खोप नलगाउन आग्रह गरेको छ ।
यसअघि भेरोसेल लगाएकालाई मात्र दोस्रो डोजको खोप दिइरहेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप अभियानमा संलग्न अधिकारीहरुलाई पहिलो डोज लगाएको कार्ड भएकालाई मात्र दोस्रो खोप लगाइदिन आग्रह पनि गरेको हो ।
अहिले पहिलो डोज खोप लगाएमा उनीहरुलाई दोस्रो डोजको निश्चितता सरकारले गर्न नसक्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
केही ठाउँमा यसअघि खोप नलगाए पनि खोप लगाउन भन्दै लाइन बसेको पाइएको छ । त्यसैले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
कोरोना संक्रमणबाट जोगिने उपाय भनेको स्वास्थ्य मापदन्ड पालना नै हो भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया