Main News

निषेधाज्ञामा किसानको समस्या सहजीकरण गरिरहेको मन्त्री अर्यालको दाबी

हिमालय टिभी
२०७८ जेठ ४ गते १५:२८
निषेधाज्ञामा किसानको समस्या सहजीकरण गरिरहेको मन्त्री अर्यालको दाबी

४ जेठ २०७८ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गरिरहेको दाबी गर्नुभएको छ ।

पोहोरको लकडाउनमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिले किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको उहाँको दाबी छ ।

कृषि उत्पादन तथा खेतिपातीलाई आवश्यक मल बिउ लगायतका सामन ढुवानीमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

केही ठाउँमा बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको उहाँले बताउनुभयो ।

कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा निषेधाज्ञा लम्बिएमा यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिदैँ किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन तथा छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताउनुभयो ।

यो कार्यदलले किसानलाई क्षतिपूर्ति दिने बारे पनि सुझाव दिने मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *