दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ४ गते १३:३०
दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

४ जेठ २०७८ दुल्लु । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए ।

निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग मन्वय भइरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *