पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई महासंघको आग्रह
![पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई महासंघको आग्रह](https://www.himalayatv.com/wp-content/uploads/2021/05/roshan-puri.jpg)
३ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।
कोरोना महामारीको दोस्रो लहरमा पनि केही निजी सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई कामबाट निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारको रोजगारी नखोस्न आग्रह गरेको हो ।
महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव रोसन पुरीले जानकारी दिनुभयो । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले बताउनुभयो ।
महासंघका अनुसार जेठ २ गते सम्म देशभर करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २ सय ५० जना भन्दा बढी सक्रिय संक्रमित छन् ।
४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ । संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया