Main News

कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ९२४७ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ ३ गते १७:२१
कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ९२४७ जना संक्रमित थपिए

३ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ५ हजार दुई सय १५ पुगेको छ ।

पछिल्लो पटक ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । २२ हजार ८७ पीसीआर परीक्षणमा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । आज काठमाडौं मा २ हजार ३ सय ४६, ललितपुमा ४ सय ५४ र भक्तपुरमा २ सय ९८ गरी उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण भएको छ ।

उपत्यका बाहिर आज कैलालीमा ७ सय ४२ जना मोरङमा ४ सय ६९ जना कास्कीमा ४ सय ३४ रुपन्देहीमा ४ सय १३ बाँकेमा ३ सय ९८ बर्दियामा ३ सय १३ र सुनसरीमा ३ सय संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । ति मध्ये एक लाख भन्दा धेरै संक्रमित होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल १ हजार २ सय ५९ जनाको आइसियु र ४ सय जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो पटक पाँच हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *