Main News

अझै पनि कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छः नेता श्रेष्ठ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते १६:५२
अझै पनि कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छः नेता श्रेष्ठ (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ एमाले र माओवादीले पार्टी एकीकरण गरेको भए पनि देशी विदेशी शक्तिको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको आरोप छ । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्‍याउन नसक्नु कमजोरी भएको उहाँले बताउनुभयो ।

नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औल्याउनुभयो । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी कमजोरी नभए पनि विभिन्न विषयमा समयमा नै ध्यान दिन नसक्नु कमजोरी भएको उहाँले बताउनुभयो । कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको नेता श्रेष्ठको आरोप छ ।

नेकपा माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्ने नेता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *