Main News

स्वास्थ्य सामग्री र औषधिको भन्सार जाँचपास छिटोछरितो गर्न अर्थमन्त्रीको निर्देशन

हिमालय टिभी
२०७८ जेठ ३ गते १५:०८
स्वास्थ्य सामग्री र औषधिको भन्सार जाँचपास छिटोछरितो गर्न अर्थमन्त्रीको निर्देशन

३ जेठ २०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोरोना भाइरस कोरोना संक्रमणको रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपास छिटोछरितो बनाउन निर्देशन दिनुभएको छ ।

भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसरकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीको भन्सार जाँचपास सहज बनाउन निर्देशन दिनुभएको हो ।

एकातिर कोभिड–नाइन्टिनबाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रूपमा कार्यसम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले कोरोना संक्रमणको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिनुभएको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले कोभिड–नाइन्टिन रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टीम बनाएर काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *