Main News

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन एमाले वरिष्ठ नेता नेपालको माग

हिमालय टिभी
२०७८ जेठ ३ गते १३:१३
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन एमाले वरिष्ठ नेता नेपालको माग

३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गर्नुभएको छ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै नेता नेपालले घटनाको छानबिनको माग गर्नुभएको हो ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिनुभएको थियो ।

मदन–आश्रितको योगदानको स्मरण गर्दै नेता नेपालले रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आउन नसकेको उल्लेख गर्नुभएको छ ।

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *