विदेश

गाजा क्षेत्रमा सैन्य कारवाही नरोकिने इजरायली प्रधानमन्त्रीको प्रष्टिकरण

हिमालय टिभी
२०७८ जेठ ३ गते ७:४२
गाजा क्षेत्रमा सैन्य कारवाही नरोकिने इजरायली प्रधानमन्त्रीको प्रष्टिकरण

३ जेठ २०७८ इजरायल । गाजा क्षेत्रमा विद्रोहीमाथि सैन्य कारवाही नरोकिने इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले बताएका छन् ।

गाजामा प्यालेष्टाइन विद्रोही हमासबिरूद्धको कारबाहीमा अब सबै शक्ति लगाउने प्रधानमन्त्री नेतन्याहुले बताएका छन् । उनले अब कारवाही लामो समयसम्म चल्ने बताउँदै सहमतिका लागि केही समय लाग्ने बताए ।

इजरायलले गरेको पछिल्लो हवाई हमलामा १६ महिला र १० बालबालिकासहित ४२ जनाको मृत्यु भएको गाजाका अधिकारीहरुको भनाइ छ । गाजामा अहिलेसम्म १ सय ९७ जनाको मृत्यु भैसकेको छ ।

उता प्यालेष्टाइनी रकेट प्रहारबाट अहिलेसम्म इजरायल दुई बालबालिकासहित १० जनाको मृत्यु भएको त्यहाँ अधिकारीको भनाइ छ ।

यसैबीच इजरायल(प्यालेष्टाइन जारी संघर्षबारे संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अन्तर्राष्ट्रिय मध्यस्थहरूले युद्धविराम हुनुपर्ने बताए ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हिंसालाई भयावह बताउँदै तत्कालै युद्धविराम हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै मुस्लिम देशको संगठन अर्गानाइजेशन अफ इस्लामिक कर्पोरेशन, ओआइसीले प्यालेष्टाइनमाथि इजरायली आक्रमणको आलोचना गरेको छ ।

ओआइसीले जानी(जानी धार्मिक संवेदना बढाउने, प्यालेष्टाइनी जनता र इस्लामिक भावनालाई भड्काउने इजरायली प्रयासको गम्भिर परिणाम हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *