Main News

प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

हिमालय टिभी
२०७८ जेठ २ गते १८:४७
प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग

२ जेठ २०७८ काठमाडौं । जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीले वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा यादवले आपत्ति जनाउनुभएको हो ।

राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूवर्क त्यो पर्दैन भनेर शपथ ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको यादवको ठहर छ ।

यस्तै, राजदूतहरु नियुक्त गर्दा संविधानमै भएको ‘समावेशी सिद्धान्त’को पालना नभएकोमा पनि यादवले आपत्ति जनाउनु भएको छ।

यादवले कोरोना भाइरसको दोस्रो लहरले जनता आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन नगरेकोमा पनि असन्तुष्टि जनाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *