Political Hightlights

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

हिमालय टिभी
२०७८ जेठ २ गते १३:१४
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै

२ जेठ २०७८ काठमाडौं । पार्टी एकता कायम गर्नका लागि बनाउने भनिएको कार्यदल सदस्य चयनका विषयमा छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ ।

एमालेलाई २०७५ जेठ २ मा फर्काउनुपर्ने सर्त राखिरहेका वरिष्ठ नेता नेपालसँग आज जेठ २ कै दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विवाद समाधानका विषयमा छलफल गर्न लाग्नुभएको हो ।

शुक्रबार दुई पक्षबीच भएको वार्तामा पार्टीलाई जेठ २ को वरिपरिको अवस्थामा लगेर समाधान निकाल्ने सहमति भएको थियो । त्यसका लागि कार्यदल गठनका गर्न दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो । दिउँसो दुई बजेपछि दुई नेताबीच कुराकानी हुने बताइएको छ ।

नेताहरूले आ–आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । बरिष्ठ नेता नेपालका स्वकिय सचिव मोहन गौतमले पनि दुई नेताबिच भेटवार्ता हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्